Sat. Jul 5th, 2025

‘सामाजिक संजाल’ मार्फत बधाई तथा शुभकामना दिनेको ओईरो

२८ मंसिर,  धादिङ –

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना नतिजा सार्वजनिक भएसाग्ै सामाजिक संजालहरुमा बधाई दिनेहरुको ओईरो लागेको छ ।

जित्ने उम्मेदवारले सामाजिक सञ्जाल फेसबुक टुईटर तथा अन्य सामाजिक संजाल मार्फत मतदाता र शुभचिन्तकलाई आभार प्रकट गरिरहेका छन् ।

समयको बचत र स्वदेश तथा विदेशमा रहेकालाई एकैसाथ सम्बोधन हुने भएपछि धादिङका विजयी तथा पराजित दुबैथरीले फेसबुकबाट आफूलाई सहयोग गर्ने सबैलाई आभार तथा धन्यवाद प्रकट गरेका हुन् ।

पराजय भोगेका उम्मेदवारले विजेतालाई सम्मानपूर्वक बधाई तथा शुभकामना व्यक्त गर्ने संस्कारको सर्वत्र सराहना गरेका छन् ।

प्रदेशसभामा विजयी भएपछि उम्मेद्धारहरुले पनि आम धादिङवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, शुभचिन्तक, आफन्तजन तथा सम्पूर्ण मतदाताको सद्भाव र सहयोगबाट आफूलाई विजयी बनाउन सहयोग गर्नुभएको भन्दै फेसबुकबाट हार्दिक आभार व्यक्त गरेका छन् ।

यसै गरी निर्वाचको प्रतिष्पर्धामा होमीएर पनि पराजित वनेका उम्मेद्धारहरुले पनि सामाजिक संजाल मार्फत आम मतदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । शुभचिन्तकहरुले पनि निर्वाचित सवै शुभकामना दिने र पराजित भोगेका पार्टी तथा उम्मेद्धारलाई व्यङग्य गर्न पनि सामाजिक संजालको प्रयोग भएको छ । जितको उन्माद र हारको आक्रोस पोख्ने ठाउँ नै बनेको छ सामाजिक संजाल, नागरिक समाजका एक अगुवाले बताए ।

२०७४ मंसिर २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: