

२८ मंसिर, धादिङ –
गजुरी गाउँपालिका, च्याङ्गली, वडा न. ५ मा रहेको डोलभन्ज्याङ मा. वि. का विद्यार्थीहरु दिउँसो खाजा खाने समयमा एकैठाउँमा भेला भए । खाजा खादै आफु अगाडीको दृश्य रोचक मान्दै हेर्दै र सुन्दै थिए । बेलायती अन्र्तराष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा केयर नेपाल र सहयात्री समाज नेपालको साझेदारीमा संचालन भइरहेको निष्पक्ष तथा समतामुलक न्यायमा पहुच सुदृढीकरण परियोजनाले लैङिगक हिंसा विरुद्दको १६ दिने अभियानको सन्दर्भमा बालबिबाह बिरुद्दको पुतली नाटक प्रर्दशन गरेको हो ।
बालबालिकाहरुले उमेरै नपुगी बिबाह गर्दा त्यसबाट हुने जोखीमहरु जस्तै पढाइ रोकीने, चाडै गर्भ रहन सक्ने, आङ खस्ने, बच्चा र आमा दुवै अस्वस्थ हुने, बच्चापाउननसकेर बच्चा र आमा दुवैको ज्यानै जान सक्ने, महिला आर्थिक रुपले सक्षम हुन नसक्ने र त्यसले समाज र राष्ट्रलाई पुराउने असरहरु र बालबिबाह विरुद्दको कानुनीप्राबधानहरु नाटक मार्फत देखाइएको थियो ।
बालबिबाहको घटना नौलो नभएको, बरु बढिरहेको भन्दै बिध्यालयकी शिक्षक प्रमिसा अधिकारीले विध्यार्थीहरुले अरुले भनेर र किताब पढेर कम बुझने तर नाटक विधि मार्फत उनीहरुले मनोरन्जन पनि लिन्छन् । सो कार्यक्रममा करीब १०० जना विद्यार्थी र शिक्षकहरुले सहभागीता जनाएका छन् ।
कार्यक्रमको अन्त्यमा किशोरकिशोरीहरुले बालबिबाह बिरुद्दको प्रतिबद्धता स्वरुप हस्ताक्षर संकलन गरेका छन् । परियोजनाको समाजिक परिचालक मन्जु श्रेष्ठले सो क्षेत्रको बालविबाह न्युनीकरण गर्न आफुहरुले अन्य सचेतनामुलक कार्यकमहरुको योजना बनाएको र सगसगै सरोकारवालाहरु सग आवश्यक पैरबी गर्ने बताए ।
परियोजनाले धादिङ जिल्लाको साविकको पिडा र बेनीघाटमा रहेर सीमान्तकृत समुदाय भित्र महिला र किशोरीहरुको न्यायमा पहुच अभिवृद्धिका लागि विभिन्न चेतनामुलक कार्यक्रमहरु रिफलेटक कक्षाको माध्यमबाट गर्दै आइरहेको छ ।
२०७४ मंसिर २८ गते प्रकाशित