Sat. Jul 5th, 2025

राष्ट्रपतिलाई फेसबुकमा गालीगलौज गर्ने पक्राउ

२८ मंसिर, काठमाडौं –

फेसबुकको स्टाटसमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बन्दिपुर–३, तनहुँका २० वर्षीय विवेक बानियाँ छन् ।

काठमाडौंको कालिमाटीमा बस्दै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० ले बिहीबार पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्ष जीवन श्रेष्ठले बताए ।

सामाजिक सञ्जालमा गालीगलौजमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

२०७४ मंसिर २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: