Wed. Nov 13th, 2024

धादिङका विषादी पीडितलाई करिब पौने २ लाखको सहयोग

sahayoh
धादिङ – धादिङको पिडा गाविस वडा नं ८ पुकुनमा गत फागुन २५ गते विशाक्तयुक्त रोटीका खाँदा ज्यान गुमाएका मृतक परिवालाई विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा १ लाख ७३ हजार ८ सय ५५ रुपैंया सहयोग प्राप्त भएको छ ।

नेकपा एमाले धादिङ काठमाडौ सम्पर्क मञ्चको पहलमा शनिबार घाईते बिरामीहरुको उपचार गराईरहेको अस्पताल मनमोहन मेमोरियल अस्पताल सितापाईला, स्वयम्भुमा एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । नेपाल फलफुल थोक व्यवसायी संघ बल्खुका तर्फबाट १ लाख १८ हजार ३ सय ५५ र सम्पर्क मञ्च र विषादी पीडित सहयोग समिति काठमाडौको तर्फबाट ५५ हजार ५ सय सहयोग प्राप्त भएको हो । कार्यक्रममा नेकपा एमालेका सभासद तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पाण्डेले विषादीको सहि व्यवस्थापन गर्न नसक्दा उक्त दुखद घटना निम्तिन पुगेको बताउनुभयो । उहाँले राष्ट्रिय रुपमा अहिले प्रत्येक किसानको घरमा सुंघ्दा पनि ज्यानै जानसक्ने किसिमका कुनै न कुनै विषादी रहेको भन्दै विषादीको व्यवस्थानमा समयमै सचेत बन्न सकिएन भने ती विषादीले भोलिका दिनमा यी र यस्ता भयानक दुर्घटना निम्तदै जाने बताउनुभयो । उहाँले भन्नुभयो, रुघा लाग्या औषधी र विषादी एकै ठाउँबाट बिक्री भईरहेको छ, यस्ता हेलचेक्र्याईका कारण मानिसको ज्यान खतरामा छ । उक्त घटनाका परेका बिरामीको मनमोहन मेमोरियल अस्पताल, स्वयम्भुले पुनर्जन्म दिन सफल भएको पाण्डेको दाबी थियो ।

त्यस्तै विपद सरहकै सो घटनामा राज्य तथा सरकारले सहयोग गर्छु भनेपनि समयमै देखाउनुपर्ने अग्रसरता नदेखाएकोमा उहाँले सरकारको कार्यशैलीप्रति आपति प्रकट गर्नुभयो । उहाँले पीडितको सहयोगका लागि अस्पतालमा स्थापित एम्एम्टीएच ०३७ (MMTH037)नं को खातामा सहयोग जम्मा गर्नसक्ने बताउनुभयो । कार्यक्रममा एमालेका सभासद धनबहादुर घलेले नेपाल सरकार मन्त्रिपरिषद्ले घाईते र मृतक मरिवारलाई गर्ने भनेको सहयोग तत्काल उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । त्यस्तै राप्रपाका सभासद परशुराम तामाङले जनताको सुख दुखलाई पार्टीगतरुपमा हेर्न नहुने भन्दै सरकारले उपलब्ध गराउने सहयोग पीडित परिवारजनमा तत्काल उपलब्ध गराउन माग गर्नुभयो । उहाँले यति ठूलो दुर्घटनामा पनि सरकार जनतालाई राहत दिनुभन्दा मुकदर्शकमात्र बनेकोमा आपति प्रकट गर्नुभयो । उहाँले सरकारले भनेअनुसार पीडितलाई तत्काल सहयोग नगरे दबाबमुलक कार्यक्रम गर्ने चेतावनी दिनुभयो । अस्पतालका प्रशासकीय अधिकृत नवराज रुपाखेतीले अस्पतालमा भर्ना भएका बिरामीमध्ये बिरामी टेकबहादुर तामाङको अवस्था चिन्ताजनक नै रहेको बताउनुभयो ।

तामाङको मृगौलाले नै काम नगर्ने अवस्था सिर्जना भएको भन्दै मृगौलाको डाइलोसिस नै गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । बाँकी बिरामीको अवस्था सामान्यतर्फ उन्मुख रहेको उहाँले बताउनुभयो । शुक्रबार २ बिरामीको डिस्चार्ज भईसकेको, भोलि आईतबार ४ जना बिरामी डिस्चार्ज गरिने उहाँले बताउनुभयो । अस्पतालले बिरामीको उपचारमा शुक्रबारसम्ममा करिब ४ लाख उपचार खर्च बेहोरिसकेको जानकारी दिनुभएको थियो । कार्यक्रममा धादिङ काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष राजेन्द्र थापाले उक्त दुखद घटनाले धादिङ नै शोकमा रहेको भन्दै यो शोकमा सबैतीरको सहयोग महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो । उक्त दुर्घटनामा ६ जनाले ग्यान गुमाएका थिए भने १५ जना घाईते छन् ।

About The Author

अन्य समाचारहरु: