Sat. Jul 27th, 2024

व्यवस्थित गराउन माग गर्दै धादिङ बसपार्क बन्द (फोटोसहित)

शंकर श्रेष्ठ।

baspark 1

१ चैत, धादिङ – बसपार्कमा सवारी पार्किङ गरिन्छ । टिकट काउण्टर राखेर सवारी संचालन गरिन्छ । तर सदरमुकाममा रहेको धादिङ बसपार्क अहिले थोत्रा गाडी थन्क्याउने डम्पीङ साइड जस्तै बनेको छ ।

baspark 2

बसपार्क व्यवस्थित बनाउन माग गर्दै बसपार्क निर्माणको लागि निःशुल्क जग्गा दिएकाहरुले आइतबार (आज) देखि अनिश्चितकालिन बसपार्क बन्द गराएका छन् । सदरमुकामका विभिन्न सार्वजनिक स्थलमा राखिएका बस काउण्टरहरु हटाएर बसपार्कमा मात्रै टिकट काउण्टर राखी सवारी संचालन गराउनेपर्ने जग्गादाताहरुले बसपार्क प्रवेशमा रोक लगाएका हुन् ।

baspark 4
बजार व्यवस्थित गराउन भन्दै स्थानीय प्रशासनले बसपार्क भित्रबाट मात्र टिकट काटेर सवारी संचालन गर्नुपर्ने भनिरहेपनि बसपार्क अहिले थोत्रा गाडी थन्याउने ग्यारेजको रुपमा मात्र प्रयोग हुन थालेकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको जग्गादाता चेतनारायण श्रेष्ठले बताउनुभयो ।  बसपार्कमा मात्रै टिकट काट्ने र यात्रु चढाउने ओराल्ने नगर विकास समितिसंगको संझौता पछि स्थानीय ९ जनाले १० करोड बराबरको ६ रोपनी ९ आना ३ पैसा साढे ३ दाम जग्गा निशुल्क प्रदान गरेका थिए ।

२०५४ सालमा नै बसपार्क व्यवस्थित बनाउनको लागि भनेर आफुहरुले निशुल्क जग्गा प्रदान गरेको भएपनि हालसम्म नगरविकास समिति, स्थानीय प्रशासन र यातायात व्यवसायीहरुले मनपरी गरेकोले आफुहरुले बाध्य भएर बसपार्क बन्द गराएको जग्गादाता कुलप्रसाद ढकालले बताउनुभयो ।

baspark 3
अन्यत्र बाहिरिने लामो तथा छोटो दुरीका यात्रुबाहक सवारी साधनहरु बसपार्क भित्रबाट मात्रै संचालन गराउनु पर्ने र उक्त कार्य नगराए जग्गा फिर्ता गराउने सर्त अनुरुप जग्गा दिएकोमा अहिलेसम्म बेवास्था गरी ठाउँ ठाउँमा टिकट काउण्टर संचालन गरेर बसपार्कलाई थोत्रा गाडी थन्क्याउने स्थल बनाएको जग्गादाताहरुले आरोप लगाएका छन् ।

‘बसपार्क व्यवस्थित गराएर बजार व्यवस्थापन गराउन नसके तत्काल सम्झौता च्यातेर जग्गा फिर्ता गरियोस ।’ जग्गादाता कुलप्रसाद ढकालले भन्नुभयो, ‘कि अन्यत्रको काउण्टर हटाएर बसपार्कबाट मात्रै सवारी संचालनमा गर्नुपर्छ नत्र हामीलाई जग्गा बढि भएर दिएको होइनौं फिर्ता गरेर भोगचलन गर्न पाउनुपर्छ ।’

baspark 5

बसपार्क भित्र टिकट काउण्टर राखेर ठाउँ ओगेट्ने काम गरिरहेको भएपनि साँझ परेपछि माधक पदार्थ सेवन गरी होहल्ला गर्ने र गाँजा खानेहरु मात्र भेटिने गरेको छ । एक स्थानीयले भने– ‘हिजोआज बसपार्क बजारमा उदण्ड मच्चाउदै हिड्नेहरुको जमघट हुने र होहल्ला गर्ने स्थल बनेको छ, अवैध रुपमा बसपार्क आसपासमा संचालित भट्टी (होटल) हरुले साँझमा व्यापार गर्ने थलो बनेको छ ।’

यस अघि पटक पटक धादिङ यातायात, ग्रामीण यातायात, माइक्रोबस लगायत सबै प्रकारका यातायातका साधनहरु बसपार्कमा राख्ने र सार्वनिक स्थल, होटलहरुमा टिकट काट्न बन्द गराउने शर्त भएको थियो । पहुँचको आधारमा प्रशासनले जहाँतही टिकट काउण्टर संचालन गर्न दिएर बसपार्कको वेवास्था गरेको स्थानीय जग्गादाताहरुले गुनासो गरेका छन् ।

यस अघि २०७० साउनमा पनि जग्गादाताहरुले बसपार्क बन्द गराएपछि बसपार्कमा रहेका टिकट काउण्टरहरुलाई पूर्ण रुपले व्यवस्थित गराएर यातायातका साधनहरु बसपार्क केन्द्रित गराउने निर्णय जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुले गरेका थिए ।

baspark 8
यी हुन् जग्गादाताहरु

baspark 6 baspark 7

यस्तो थियो २०५४ सालमा भएको सम्झौता
यस्तो थियो २०५४ सालमा भएको सम्झौता

 

About The Author

Loading...

अन्य समाचारहरु: