Sat. Jul 5th, 2025

धादिङबाट बैदशिक रोजगारीमा गएका ४६ जना बेपत्ता


३ पुस,  धादिङ –

 

वैदेशिक रोजगारीमा गएका धादिङका ४६ जना बेपत्ता भएका छन् । धन कमाएर परिवारलाई सुखी पारौला भनेर विदेशिएकाहरु उतै बेपत्ता भएका हुन् । परिवारमा दुई छाकटार्नका लागि कठिन भएपछि भएका जायजेथा सबै धितो राखी रोजगारीका लागि विदेश हानिएका छन् ।

विदेश गएकाहरु मध्ये कसैले राम्रै आम्दानी गरेका छन् भने केही ठगिएका छन्, अलपत्रमा परेका छन् । विदेशमा गएपछि धेरै पैसा कमाइन्छ, सुख हुन्छ भनेर सुन्दर कल्पना गरेर हिडेका युवाहरु मध्ये धेरै अलपत्रमा परेका छन् ।

जिल्लाको तथ्याँक अनुसार वार्षिक ९ हजार ५ सय यूवाहरुले बैदेशिक रोजगारीका लागि एमआरपी बनाउने गरेका छन् । खासगरी धादिङ जिल्लाबाट मलेसिया, कतार, दुवई लगायतका देशहरुमा वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । यसरी विदेश जानेमा १८ वर्षदेखि २५ वर्ष उमेर समुहका सृजनशिल यूवाहरु मध्ये ९० प्रतिशत भन्दा वढी बिना सीप बिदेश गएको पाईएको छ ।

सुरक्षित आप्रवासन सामी परियोजना सन्चालन गरिरहेको चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङ अन्तरगत सुचना तथा परामर्श केन्द्रबाट प्राप्त तथ्याङक अनुसार धादिङ जिल्लाबाट वैदेशिक रोजगारीमा गएका मध्ये ४६ जना बेपत्ता छन् । यी मध्ये सबैभन्दा बढी मलेसियामा बेपत्ता छन् ।

सूचना केन्द्रमा दर्ता भएका चार सय केशहरु मध्ये काम र तलब फरक परेको १ सय ४७, नेपालमा ठगी भएको ६४, बेपत्ता भएको ४६, विदेशमा बिरामी हुनाले उद्धार गर्नुपर्ने १४, जेल केश ४, विदेशमा ज्यान गुमाएका १७ लगायतका केशहरु रहेको कार्यक्रम संयोजक गँगा सुवेदीले बताइन् ।

 

२०७४ पुस ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: