Sat. Jul 5th, 2025

नुवाकोटमा करेन्ट लागेर एकको मृत्यु

३ पुस, नुवाकोट

नुवाकोटको शिवपुरी —६ समुन्द्रादेवीमा एक युवकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय युवाको समुहले करेन्ट जोडेर लिखु खोलामा माछा मार्ने क्रममा करेन्ट सर्ट भई २० बर्षका वीरबहादुर तामाङको मृत्यु भएको हो ।

माछा मार्नसँगै रहेका साथीले उनको शव नजिकैको परालको कुन्हुँमा लुकाएका थिए । घटनामा संलग्न युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

२०७४ पुस ३ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: