Sat. Jul 5th, 2025

देशका ७५ वटै कृषि कार्यलय पुस महिनाभित्र बन्द हुने

५ पुस, काठमाडौं-

देशका ७५ वटै जिल्लामा रहेका कृषि विकास कार्यालयहरु यही पुस महिनाभित्र पूर्णरुपमा बन्द हुने भएका छन् । कृषि कार्यालयहरु बन्द भएपछि ति कार्यालयबाट हुँदै आएका काम अब स्थानीय तहबाट हुनेछन् ।

कृषि मन्त्रालयका सचिव डा. सुरोज पोख्रेलले जिल्ला कृषि कार्यालय बन्दको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । जिल्लामा रहेका कृषि सेवा केन्द्रहरु भने यसअघि नै बन्द भइसकेका छन् ।

७५ वटै जिल्लामा कृषि कार्यालयहरु छन् । जिल्ला कार्यालय मातहत ४–६–४ को रेसियोमा सेवा केन्द्रहरु थिए । तराई मधेसका जिल्लाहरुमा ४, पहाडीमा ६ र हिमाली जिल्लाहरुमा ४ वटाका दरले रहेका सेवा कार्यालयहरु भने बन्द भइसकेका छन् । अब दोस्रो चरणमा जिल्ला कार्यालयहरु बन्दको तयारी भइरहेको छ ।

बन्द भएका कार्यालयका जनशक्ति व्यवस्थापनको अन्तिम खाका तयार हुन बाँकी छ । तर कृषि कार्यालयका अधिकांश प्राविधिक जनशक्तिलाई प्रदेशमा र स्थानीय तहमा व्यवस्थापन गर्ने योजना बनाइएको छ ।

२०७४ पुस ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: