Sat. Jul 5th, 2025

किसान लक्षित बजेटहरु न्ययोचित रुपमा बितरण हुनुपर्ने सरोकारवालाहरुको भनाई

५ पुस, धादिङ–

किसान लक्षित बजेटहरु न्ययोचित वितरण प्रणाली लागु हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

खाद्य अधिकारको सवालमा नागरिक समाजका प्रतिनिधिहरुले जिल्लास्तरीय सरोकारवालाहरु संग छलफल गरी नीतिगत वा कार्यान्वयनगत कमी कमजोरी पत्ता लगाउने एक दिने छलफल कार्यक्रममा सो कुरा बताएका हुन् ।

किसानहरुको जीविकोपार्जनलाई सर्वसुलभ र प्रभावकारी बनाउन र श्रोत साधनमा पहँुच अभिवृद्धि गर्न राज्य तहबाट ऐन, नियमावली नीतिहरु प्रशस्त निर्माण भएपनि किसानहरुले न्योचित रुपमा किसान सामु पुग्न नसकेको सरोकारवालाहरुले चर्चा गरेका छन् ।

कार्यक्रममा निर्माण भएका ऐन, नियमावली र नीतिहरु कागजमा मात्र सिमीत हुँदा किसानहरुले पाउनुपर्ने जति श्रोत साधनहरु नपाएको किसानहरुले बताए । किसानहरुको लागि आएको सेवासुविधाहरु गाउँ गाउँका किसानहरुले नपाउने गरेको बताए । आगामी दिनहरुमा खाद्य संकट अन्त्य गर्नको लागि सबै सरोकारवाला निकायहरु स्थानिय तहहरुमा कृषि तथा पशुपालन क्षेत्रमा समन्वयन गर्नुपर्ने कार्यक्रममा छलफल गरिएको थियो ।

फियान नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा जिसस धादिङका प्रमुख जगन्नाथ नेपाल , उपप्रमुख बिन्दा बराम लगाएत सरकारी तथा गैरसरकारी संघसस्थाका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

२०७४ पुस ५ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: