
६ पुस, धादिङ
सल्यानटार खाद्य अधिकार समुह धादिङले खानेपानीको माग राख्दै जिल्ला समन्वय समिती धादिङमा ज्ञापनपत्र बुझाएका छन् ।
खानेपानीको चरम समस्यावाट गुज्रीरहेका त्रिपुरासुन्दरी गाँउपालिका वडा नम्वर १ र २ का स्थानियहरुले खानेपानी माग्दै ज्ञापनपत्र बुझाएका हुन् ।
विभिन्न जातजातीहरुको बसोबास रहेको यस क्षेत्रमा उत्पादन हुने जमिन भएपनि सिंचीत जमिनको अभावका कारण उत्पादन नहुने र ८ महिना मात्र खान पुग्ने गरेको सल्यानटार खाद्य अधिकार समुहको अधक्ष्य चन्द्र प्रसाद कँडेलले बताए । पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै स्थानिय निरास हुदै समन्वय समिती धाएका हुन् ।
खानेपानी तथा सरसफाई डिभीजन कार्यालयले बहुवर्षीय योजना संचालन गरेको भएपनि मुहान दर्ता बिना काम सुरु भएका कारण अधुरै रहेको कँडेलले बताए ।
ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समिती धादिङका प्रमुख जगन्नाथ नेपालले यस खानेपानीको
आयोजनालाई जिल्ला समन्वय समिती धादिङले समन्वय गरी छिट्टै खानेपानीको आयोजना संचालन हुनेमा विश्वाश व्यक्त गरे ।
२०७४ पुस ६ गते प्रकाशित