
७ पुस, धादिङ-
गल्छी गाउँपालिका वडा नं ५ सिर्वानी स्थित बाबुराम तिमल्सिनाको घरमा ग्यास विस्फोट भएको छ ।
पुरानो सिलिण्डर ग्यास प्रयोग गर्न घर पुर्याएपछि विस्फोट भएका कारण एक घर जलेर पूर्णरुपमा क्षति भएको छ ।
ग्यास उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन घरधनी तिमल्सिनाले माग गरेका छन् । मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा सबै सामग्री नष्ट भएको उनले बताए ।
गाउँमा हालै लगिएका सबै ग्यास सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ताका लागि आह्वान गर्न लागिएको वडाअध्यक्ष प्रेम तामाङले जानकारी दिए ।
२०७४ पुस ७ गते प्रकाशित