
७ पुस, धादिङ–
मानसिक स्वास्थ्यका सवालहरु उठान सम्बन्धी संचारकर्मीहरुसंग अन्र्तक्रिया कार्यक्रम धादिङबेसीमा गरिएको छ ।
मानसिक स्वस्थ्यमा पहुच पु¥याउने मानजसिक रोगीको खोजी गरी उपचार गर्ने र मानसिक रोगिलाई गरिने विभेदलाई अन्त्य गर्ने उदेश्यले संस्थाले काम गर्दै आईरहेको विषयलाई लिएर संचारकर्मीहरुसंग अन्तरक्रिया गरिएको हो ।
जेड्स नेपालको आयोजना र युनाईटेड मिशन टु नेपालको सहयोगमा भएको कार्यक्रममा बोल्दै जगतज्योती सामुदायिक विकास समाजका महासचिव सुजन श्रेष्ठले कार्यक्रमको औचित्यको बारेमा जानकारी दिए ।
सस्थाले हालसम्म धादिङको मैदी, मुरलीभन्ज्याङ, त्रिपुरेश्वर, ज्वालामुखी गाउँपालिका १,२,३ निलकण्ठ नगरपालिका ८, ९ र त्रिपुरासुन्दरी गाउँपालिका ७ मा काम गरिरहेको छ । अन्र्तक्रिया कार्यक्रममा मानसिक रोगीमा देखा पर्ने लक्षण , त्यसका असर, मानसिक रोगीले गर्ने व्यहारको बारेमा जानकारी गराए ।
कुनै पनि रोग लाग्नु वा अशक्त नहुनु मात्र नभई पुर्ण रुपमा शाारीरिक, मानसिक, बौद्धिक, अध्यात्मिक र सामाजिक रुपले विरामी हुनु मानसिक समस्या हो । मानसिक स्वस्थ्य अन्र्तगत डिप्रेशन, चिन्ताजन्य, छारेरोग, लागुपदार्थको दुव्र्यशन, भावनात्मक व्यवहार, आत्महत्या आदी रहेको कार्यक्रममा जानकारी गराए ।
विश्वमा प्रत्येक बर्ष ८ लाख धन्दा बढी मानिसले मानसिक रोगकै कारण आत्महत्या गरेको तथ्याङकले देखाउछ । हरेक घरमा ४ जना मध्ये १ जनामा मानसिक रोग देखा पर्ने तथ्याङकले देखाएको छ ।
नेपालमा पनि गत आर्थिक बर्ष ०७२–०७३ मा मानसिक रोगका कारण ४ हजार ६ सय ९५ जनाले आत्महत्या गरेको छ । मानसिक रोगका कारण आत्महत्या गर्ने सुचीमा नेपाल विश्वको ७ औँ स्थानमा पर्दछ ।
विश्वको कुल भार मध्ये १३ प्रतिशत भाग मानसिक समस्याले ओगटेको छ । नेपालमा २०१३ को तथ्याङ्क अनुसार २५ देखि ३० प्रतिशत व्यक्तिलाई मानसिक समस्या देखा परेको थियो ।
२०७४ पुस ७ गते प्रकाशित