Sat. Jul 5th, 2025

पढ्ने र लेख्ने समयमा हातमा बासको चोया

९ पुस, धादिङ–

पढेर ठुलो मान्छे बन्ने सपना बोकेका दाङका अर्जुन कुमार हातमा वाँसको चोया लिएर कारागारमा मुढा बुनिरहेका छन् ।

विगत आठ महिनाबाट जेल जिवन बिताउदै आएका उनी आफ्नो गल्ती विना नै कारागारमा कैदी जिवन बिताउदै आएको भन्दै दुखेसो पोख्छन् । ज्यानमारा मुद्धा लागेर उनलाई गर्दै नगरेको आरोप सहेर बस्नुपरेको बताउछन् । पढेर केही गर्ने सोचमा थिए तर अधुरो हुने भयो अर्जुन भन्छन् ।

न अदालतले कुनै फैसला गर्छ कि दोसी कि निर्दोष ठहर गर्दिय हुन्थ्यो । पढ्न पनि पाईएन अव निस्किएर हामीले के गर्ने पढ्ने उमेर जेलमै गयो उनले आँखाभरी आँशु पोख्दै भने ।

धादिङवेशीको कारगारमा जिल्ला न्यायधिस उमेश कोईराला र कारागारमा रहेका कैदिवन्धी हरु विच गरीएको अन्तरक्रिया कार्यक्रममा सवै कैदिवन्धिहरुले अदालतको काम कार्वाहि ढिलो भएको वताएका छन् ।अदालतले आफ्नो मुद्धा फैसलाको विषयमा चासो नलिएर आफुहरु अन्योलमा कैदिवन्धी जिवन जिउनुपरेको उनिहरुले दुखेसो पोखेका छन् ।

कैदिवन्धीहरुको अदालतवाट हुने फैसला वुझ्न गएका न्यायधिस उमेश कोईरालाले थोरै समयमा नै न्यायधिस फेरीनाले अदालतको काम कार्वाही ढिलो हुने गरेकोमा क्षमप्राथी रहेको वताए । अव छिट्टै नै कामकार्वाहीलाई अगाडी वढाई न्याए दिलाउने उनले वताए । धादिङको कारागारमा अहिले जम्मा २१४ जना कैदिवन्धीहरु रहेका छन् । जसमा महिला १७ जना र दुई जना वालवालिका रहेका छन् ।

२०७४ पुस ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: