
orange fruit pattern
९ पुस, धादिङ–
धादिङमा यस बर्ष सुन्तला उत्पादन बढेको छ । जिल्लामा यस बर्ष ३ हजार ३ सय ७३ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।
जिल्ला कृषि विकास कार्यलय धादिङका अनुसार यो बर्ष गत आर्थिक बर्ष भन्दा ७ प्रतिशतले सुन्तला उत्पादन बृद्धि भएको जानकारी दिएको छ । धादिङमा गत बर्ष ३ हजार १ सय ५३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस बर्ष ५ सय ५५ हेक्टर जमिनमा सुन्तला खेती गरिएको जिल्ला कृषि विकास कार्यलय धादिङका प्राविधिक सहायक थलबहादुर बस्नेतले जानकारी दिए ।
जिल्लामा सुन्तलाको उत्पादन बृद्धिदर बढ्नुमा किसानहरुले मल, किटनाशक बिषाधिको प्रयोग, बिरुवा राम्रोसंग काँटछाँट गरिएको, यसबर्ष हावाहुरी असिना नपरेको र जमिनको क्षेत्रफल पनि बृद्धि गरेको कारण बृद्धि भएको कार्यलयले जानकारी दिएको छ । जिल्ला कृषि विकास कार्यालयले किसानहरुलाई विरुवामा दिईएको सहुलीयत र विभिन्न औषधी र मलहरुमा दिईने गरेको अनुदानका कारण सुन्ताला खेती गर्ने किसानहरुक संख्या बढेको छ ।
जिल्लाका धेरै ठाउँमा सुन्तला खेती गरेतापनि सुन्तला उत्पादनको लागि व्यवस्थित मानिने ठाउँहरु नलाङ, जोगीमारा, स्यादुल र महादेवस्थान रहेका छन् । अन्य ठाउँहरुमा सुन्तला खेती गरिने भएपनि हावापानीको हिसाबले राम्रो नरहेको जिल्ला कृषि विकास कार्यलयले जानकारी दिए ।
धादिङमा उत्पादन भएका सुन्तला जिल्ला बाहिर काठमाडौँ, पोखरा, चितवन लगायत अन्य बजारमा बिक्रीका लागि लगिने गरिन्छ ।
२०७४ पुस ९ गते प्रकाशित