

१० पुस, धादिङ –
धादिङबाट निर्वाचित सांसदलाई गजुरी गाउँपालिकाले सम्मान तथा बधाई दिएको छ ।
मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन गरी ६ क्षेत्रमा निर्वाचित सांसदलाई गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी आइतबार सम्मान गरेको हो ।
निर्वाचित ६ वटै सांसदहरुले धादिङको आर्थिक तथा समृद्धिका लागि काम गर्ने बताएका छन् ।
२०७४ पुस १० गते प्रकाशित