Sat. Jul 5th, 2025

बालयौन शोषण विरुद्धको अभियानमा आवाज अभियानको साथ

१० पुस, धादिङ–

आवाज अभियान नेपालद्धारा धादिङ जिल्लामा संस्थाले गरेको कार्यक्रमहरुको बारेमा सरोकारवाला निकायलाई जानकारी दिएको छ । धादिङबेसीमा सामाजिक लेखा परिक्षण तथा बार्षिक समिक्षा बैठक कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।

संस्थाले समुदायमा रहेका बालबालिका, महिला तथा युवा, अपांगता, अभिभावक विहिन र एकल महिलाहरुको अधिकार सुनिस्चित गराउने लक्ष्यका साथ काम गर्दै आईरहेको छ । महिला, बालबालिका, युवायुवती, दलित तथा पिछडिएका समुदायलाई लक्षित गरी धादिङ जिल्लाका ६ वटा गाउँपालिकाहरुमा बालयौन शोषण विरुद्धको परियोजना, मातृकष्ट न्यूनिकरण कार्यक्रम र सुरक्षित आप्रवासनका लागि सचेत गराउने अभिमुखीकरण कार्यक्रमहरु गरिरहेको छ ।

द फ्रीडम फण्ड र जेनेभा ग्लोबलको सहयोगमा आवाज अभियान नेपालले सञ्चालन गरेको यो कार्यक्रम अन्तरगत हालसम्म ९५ वटा विभिन्न समूह गठन भएका छन् । जस मध्ये ६३ वटा किशोरी समूह, २९ बटा बालक्लब र ३ वटा आमा समूह रहेका छन् । यसरी गठन गरिएका समुह अन्र्तगत किशोरी समुह तर्फ १५ सय २८ जना सदस्य, बालक्लव तर्फ ११ सय ९४ जना सदस्य र आमासमुह तर्फ १ सय २० जना गरी २८ सय ४२ जना आबद्ध छन् ।

२०७४ पुस १० गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: