

१० पुस, धादिङ –
नेपाल युवा परिषद् धादिङको अध्यक्षमा ऋषि कडरिया चयन भएका छन् । कडरिया अध्यक्ष हुने गरी ११ सदस्यीय जिल्ला शाखा समिति चयन गरेको हो ।
जिल्ला कार्यसमितिको उपाध्यक्षमा राकेश लामिछाने , महासचिवमा प्रशान्त ढउन्या , कोषध्यक्षमा रस्मी इटनी र कार्यक्रम संयोजकमा कृष्ण सापकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा माधव विडारी , राजेश शाक्य , रमेश नेपाल , सरोज बज्राचार्य ,अप्सरा सुनार र अम्बिका घिमिरे रहेका छन् ।
कडरिया धादिङको विकास र युवामैत्रि वातावरणको सम्भाबनालाई बोकेर विभिन्न सामाजिक संघ संस्थामा सक्रिय एवम क्रियाशिल हुँदै आएका छन् । जिल्लाको १३ वर्ट स्थानीय तहमा संजाल विस्तार गरी कृषि, पर्यटन, धार्मिक सम्पदा तथा उद्योग कलकारखानाका विविध विषयमा काम गर्ने संस्थाले जनाएको छ ।
कार्यक्रममा नेपाल युवा परिषद्का केनिद्रय अध्यक्ष सरोज बानियाँ , केन्द्रीय कोषाध्यक्ष श्रीकृष्ण बुढाथोकी लगायतको उपस्थिति रहेको थियो।
२०७४ पुस १० गते प्रकाशित