

१० पुस, धादिङ –
नेपाल घरेलु तथा साना उद्योग महासंघले धादिङका व्यवसायीबीच छलफल गरेको छ ।
धादिङबेसीमा आयोजित कार्यक्रममा धादिङका विभिन्न व्यवसायमा कार्यरत व्यावसायीहरुले आ–आफ्नो क्षेत्रका विषय, कार्य तथा समस्याहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले नेपाल आर्थिक समृद्धिका साथमा अघि बढ्ने बताए । विगतमा लाखौँ युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको परिपेक्षमा नेपालको आर्थिक समृद्धि र रोजगारीको माध्यम लघु,, घरेलु तथा साना उद्योग भएको भन्दै उद्योगको प्रवद्र्धनमा कदम चाल्न आवश्यक रहेको गिरीले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङका अध्यक्ष विश्वराम दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरी, उपाध्यक्ष सूर्य बहादुर कंडेल, विभिन्न निर्माण व्यवसायीहरुको सहभागीता रहेको थियो ।
२०७४ पुस १० गते प्रकाशित