११ पुस, धादिङ–
९ एक महिना अघि घरैमा मृत फेला बुहारीको हत्यामा संलग्न भएको आरोपमा जिल्ला अदालत धनुषाले एक ससुरालाई जेल चलान गरेको छ। जनकपुर उपमहानगरपालिका–२ किशोरीनगरकी २२ वर्षीया रञ्जना शर्माको हत्या अभियोगमा उनका ससुरा ६२ वर्षीय देवनारायण ठाकुरलाई पूर्वपक्षका लागि कारागार चलान गरिएको हो।
आइतबार जिल्ला अदालत धनुषाका न्यायाधीश बासुदेव उप्रेतीको एकल इजलासले हत्यामा संलग्न रहेको अभियोगमा ठाकुरलाई महोत्तरीको जलेश्वर करागार पठाउने आदेश दिएको हो। सोही घटनाको आरोपी मृतककी सासु सुमित्रादेवी शर्मालाई भने समान्य तारेखमा रिहा गरिएको छ।
गत मंसिर ९ गते बिहान रञ्जनाको शव उनको सुत्ने कोठामा फेला परेको थियो। रञ्जनाको हत्या उनका सासुससुराले नै गरेको आरोप छिमेकीले लगाएपछि माइती पक्षले प्रहरीमा किटानी जाहेरी दर्ता गराएको थियो।
अन्नपूर्ण पोस्ट दैनीकबाट ।
२०७४ पुस ११ गते प्रकाशित