Sat. Jul 5th, 2025

एउटा फोनमा दुई फेसबुक एकाउन्ट यसरी खोल्नुहोस

११ पुस, धादिङ–
अधिकांश व्यक्तिहरुको फेसबुक एकाउन्ट एउटा मात्र हुन्छ । फेसबुकले पनि प्रत्येक प्रयोगकर्ताले एउटा मात्रै एकाउन्ट खोलुन भन्ने चाहन्छ । यसको आशय ‘एउटा वास्तविक नाम एउटा एकाउन्ट’ होस भन्ने हो ।

तर, कसैले कारणवस दुईवटा एकाउन्ट खोल्नुप¥यो र दुवै एकाउन्ट एउटै एन्ड्रोइड फोनमा चलाउनुर्पयो भने ?

यसका लागि फेसबुकले नै सजिलो उपाय राखिदिएको छ । कम्पनीले खासमा दुईवटा फेसबुक एप्स उपलब्ध गराएको छ । होइन, हामी म्यासेन्जर एपको कुरा गरिरहेका छैनौं जसलाई तपाईं दुई फरक फेसबुक एन्काउन्ट लग इन गर्न प्रयोग गर्न सक्नुहुन्छ ।

– आधिकारिक एप इन्स्टल गर्नुस । यसमा आफ्नो प्रमुख फेसबुक अकाउन्ट प्रयोग गर्नु राम्रो हुन्छ ।
–अब प्लेस्टोरबाट फेसबुक लाइट एप इन्स्टल गर्नुस । फेसबुकले सन २०१५ मा लन्च गरेको यो फेसबुकको कम डाटा प्रयोग गर्ने एप हो । आफ्नो दोस्रो एकाउन्ट फेसबुक लाइटमा लग इन गर्नुस ।

दुईवटा एप्सको अनुभव अलिकति फरक हुनेछ । प्रमुख फेसबुक एपले जस्तो लाइट एपले धेरै सुविधाहरु दिँदैन । तर, यो हलुका हुन्छ र कम डाटा उपभोग गर्नुका साथै टू जी कनेक्सनमा राम्रो काम गर्छ ।
२०७४ पुस ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: