Sat. Jul 5th, 2025

धादिङको कुसुन्डे र नवलपुरमा खानेपानी परियोजनाको सिलान्यास


१४ पुस,  धादिङ –

धादिङको कुसुन्डे र नवलपुरमा खानेपानी परियोजनाको सिलान्यास गरिएको छ ।

सर्भिस फर पिस नेपाल, जिल्ला शाखा धादिङले जिल्लाको नीलकण्ठ नगरपालिका वडा न ६ को नवलपुर र कुसुन्डेमा लिफ्टिङ खानेपानी परियोजनाको सिलान्यास गरेको हो ।

सर्भिस फर पिस कोरियाको आर्थिक सहयोगमा सर्भिस फर पिस धादिङले कुसुन्डेमा ५७ लाख ५७ हजार ४ सय ८८ रुपैया ६५ पैसा र नवलपुरमा ६२ लाख ३४ हजार ९ सय ५६ रुपैया १७ पैसाको कुल लागतमा आयोजना निर्माण गर्न लागिएको हो ।

परियोजनाले नवलपुरमा तीन तले पाखा खोला बाट ५ हजार ५ सय ७० मिटर र कुसुन्डेमा सिस्नेरी खोला बाट ५ हजार ९ सय ४३ मिटर उचाईमा लिफ्टिङ खानेपानी पद्धती द्धारा स्थानीयलाई खानेपानी वितरण गर्न लागिएको छ ।

कुसुन्डेमा ४१ धारा र नवलपुरमा २४ धारा निर्माण गरी दुबै स्थानमा तीन तीन वटा गरी २० घनमिटरको ६ वटा ट्याकी निर्माण गर्न लागिएको सभिस फर पिस धादिङले जनाएको छ ।

परियोजनाले नवलपुरमा १ सय २ र कुसुन्डेमा १ सय ८० घर धुरी लाभान्वित हुने छन् । परियोजनाको सिलान्यास नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गनाले गरेका हुन् ।

२०७४ पुस १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: