Sat. Jul 5th, 2025

आज तमु ल्होसार, धादिङमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै

१५ पुस, धादिङ –

आज तमु ल्होसार । गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएकोहो ।

‘तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतिक मानिने भएकाले पुस १५ गते शुक्रबारदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाइन्छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको धादिङ सहित लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएका क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ ।

प्रत्येक १२ बर्षमा युग परिबर्तन हुने र यी १२ बर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेका प्रतीकका रुपमा लिइन्छ। प्रत्येक बर्ष पुष १५ अर्थात आजैको दिन बर्ष र बर्ग फेरिने गर्छ। यसपाली गरुड बर्ग छोडेर नाग अथवा सर्प बर्ष लाग्दै छ।
ल्होसारको अवसरमा धादिङमा पनि विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिदैछ ।

२०७४ पुस १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: