Sat. Jul 5th, 2025

जोगिमारामा दुर्घटना, ३ जना घाईते


१५ पुस,  धादिङ –

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट गाउँपालिका वडा नं १० जोगिमारामा शनिबार बिहान दुई सवारी एक आपसमा ठोक्किदाँ तीन जना घाईते भएका छन् ।

काठमाडौँबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ००९४ नम्बरको ट्याङकर र काठमाडौँ आउँदै गरेको बा १४ च ६६६८ नम्बरको हाइलक्स गाडी एक आपसमा ठोक्किदाँ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाका घाईतेको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनाको कारण र घाईतेको नाम खुलेको छैन ।

२०७४ पुस १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: