Sat. Jul 5th, 2025

चलचित्र ‘शत्रु गते’ को गीत ‘रुपै मोहनी’ सार्वजनिक


१५ पुस, धादिङ –

चलचित्र ‘शत्रु गते’ को गीत ‘रुपै मोहनी’ सार्वजनिक भएको छ । मह सञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’ को गीत रुपै मोहनी शुक्रबार बेलुका युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतलाई धेरैले रुचाएका छन् ।

अहिले ट्रेनडिङको तेस्रो नम्बरमा रहेको गीत सात लाख भन्दा धेरैपटक हेरिएको छ । ठमेल बजार, काले दाइसहितका गीतबाट चर्चामा आएकी गायिका मीना निरौला पोख्रेल र टंक बुढाथोकीको स्वरमा रहेको गीतमा चर्चित कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, दीपक राज गिरी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, शिवहरि पौड्याल सहितका कलाकारले अभिनय गरेका छन् ।

२०७४ पुस १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: