
१६ पुस, धादिङ –
४२ औं राष्ट्रिय मेलमिलाप दिवस धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा नेपाली कांग्रेस धादिङद्धारा धादिङवेसीमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रखर वक़्ता धनराज गुरुङको प्रमुख आतिथ्यातामा मेलमिलापको निति र आजको सन्दर्भ विषयक प्रवचन कार्यक्रमको आयोजना गरिएको छ ।
बीपी कोइरालाले २०३३ सालमा राष्ट्रियताको सवालमा लिएको राष्ट्रिय मेलमिलापको निति आजपनि त्यतिकै सान्दर्भिक रहेको कुरालाई जोड दिईएको जिल्ला कार्यसमिति सदस्य नवराज तिमल्सिनाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य धनराज गुरूङले हामीले बीपी कोइरालाको मार्गदर्शनलाई आत्मसात गरेर अगाडी बढ्न सके मात्र हामिले मनाउने मेलमिलाप दिवसको सार्थकता रहने बताए । जवसम्म राष्ट्र आत्मनिर्भर बन्न सक्दैन तवसम्म राष्ट्रियता बलियो हुदैंन, जवसम्म राष्ट्रियता बलियो वनाउन सकिदैंन तेतिबेला सम्म बीपीले राष्ट्रियताको सन्दर्भमा लिनुभएको विचार र मेलमिलापको निति सफल नहुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले अबको राजनीति विकासनिर्माणको कार्यलाई मध्यनजर गरेर राजनीति गरिनुपर्ने कुरालाई विशेष जोड दिए । जनताको संमृद्धी नै बीपीको निति र विचार भएको कुरालाई अवगत गरॉंउदै हाम्रो राजनीतिक यात्रा देशको संमृद्धी तर्फ अगाडी बडाउनको लागी सबैमा आग्रह गरे । उनले भर्खरैमात्र सम्पन्न निर्वाचनमा जनताले आफुलाई प्रतिपक्षमा राखेकोले अबको ५ वर्ष सोहिअनुसारको जिम्मेवारीमा रहेर जनताको सेवामा निरन्तर रहने जानकारी गराए।
नेपाली कांग्रेसका संस्थापक एवम् महामानव बीपी कोइरालाले तत्कालीन पंञ्चायती व्यवस्थाको विरूद्धमा र प्रजातन्त्र को पक्षमा आन्दोलन गर्ने क्रममा निर्वाशित जिवन विताईरहँदा र आफु प्रवासमा वसेर आन्दोलनको नेतृत्व गरिरहँदा राष्ट्रीयता कमजोर हुदैं गएको महसुश गरी स्वदेशमा आफुलाई मृत्युदण्डको सँजाय जारी हुदॉंहुदैं पनी आफुभन्दा राष्ट्रीयता ठुलो र आफ्नो स्वार्थ भन्दा राष्ट्रको स्वार्थ लाई महत्व ठानेर २०३३ साल पौष १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएको दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउदैं आइरहेको छ ।
२०७४ पुस १६ गते प्रकाशित