Sat. Jul 27th, 2024

वेनिघाटमा विज्ञान मेला सुरु

IMG_3998

धादिङ – धादिङमा पहिलो पटक आइतबारबाट तिन दिने विज्ञान प्रदशर्नी मेला सुरु भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नाष्टले विज्ञान प्रविधिको प्रवर्दन गर्ने उद्येश्यका साथ धादिङको बेनीघाट स्थित बागेश्री उच्च माध्यामिक विद्यालयमा सुरु भएको मेलामा विज्ञान र प्रविधिसंग सम्बन्धीत प्रदशनीहरु राखिएका छन् । मेलामा सामुदायिक विद्यालयका विद्यार्थीहरुले आविष्कार गरेका विभिन्न विज्ञानसंग सम्वन्धित प्रविधिहरुको प्रर्दशनी गरिएको छ ।

IMG_3986

प्रर्दशनी रहेका छन् भने विज्ञान विषय पढाउदा प्रयोग हुने सामग्रीहरुको समेत प्रर्दशनी गरिएको छ । प्रर्दशनी गरे पछी विद्यार्थीहरुमा विज्ञान विषय पढ्नु पर्छ भन्ने अभिरुची पैदा हुनुका साथै उच्च शिक्षा अध्यानका क्रममा विज्ञान भन्ने विषय असजीलो हुन्छ भन्ने भ्रम समेत हट्ने नाष्टका उपकुलपती मेलामा विद्यार्थीहरुले बनाएका विभिन्न बैज्ञानीक आविष्कारहरुको  प्राध्यापक डाक्टर जिवराज पोख्रेलले बताउनु भयो ।

मेलामा धादिङ जिल्लाका १७ सामुदायीक विद्यालयहरुको सहभागीता रहेका छ । मेलामा विज्ञान तथा प्रविधिसंग सम्वन्धित रहेर विभिन्न प्रतियोगिताहरु गरिएका छन् । विज्ञान विषयका विज्ञहरुले विज्ञान शिक्षा कसरी प्रभावकारी तरिकाले विद्यार्थीहरुलाई अध्यान अध्यापन गराउन सकिन्छ भन्ने विषयमा शिक्षकहरुका लागी शैद्धान्तिक र ब्यबहारीक ज्ञान समेत दिईएको छ । मेला नित दिनसम्म चल्ने आयोजक संस्था नाष्टले जनाईएको छ ।

 

About The Author

Loading...

अन्य समाचारहरु: