

१६ पुस, धादिङ –
धादिङ जिल्लाका १३ जना महिला स्वास्थ्य स्वंयसेवीका सम्मानित भएका छन् ।
दुई नगरपालिका सहित १३ वटै स्थानीय तहका एक एक जना स्वंयसेवीका सम्मानित भएका हुन् । धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा अभियानमा स्वास्थ्य सम्बन्धी गतिविधि संचालनमा महिला स्वास्थ्य स्वंयसेविकाको जिम्मेबारी निर्वाह गर्न योगदान पु¥याएकाले सम्मान गरिएको हो ।
नेपाल सरकारका स्वास्थ्यमन्त्री दिपक बोहराले धादिङबेसीमा आयोजित कार्यक्रममा सम्मान गरेका हुन् । वडाका सबै बालबालिकालाई सवैप्रकारका खोप दिलाउन र पूर्णखोपयुक्त वडा घोषणा गर्न सघाउ पु¥याएकामा महिला स्वास्थ्य स्वयंसेविकालाई कार्यक्रममा सम्मान गरिएको थियो ।
धादिङ जिल्लालाई ३३ औँ जिल्लाको रुपमा आइतबार पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।
https://www.youtube.com/watch?v=lP1tlESDaqM&feature=share
२०७४ पुस १६ गते प्रकाशित