
१७ पुस, धादिङ –
क्रिस्चियन धर्मावलम्बीले आज ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०१८ मनाउँदै छन् । प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन इस्वी संवत् सुरु हुन्छ । विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवत्र्तक जिजस क्राइस्ट ९प्रभु यशु०को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
विश्वका सम्पूर्ण मानव समुदायको कल्याण तथा मुक्तिका लागि क्राइस्टले मारियमको कोखबाट जन्म लिई पृथ्वीमा आएको विश्वास सो धर्मावलम्बीको रहेको छ । सो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ ।
नेपालमा इसाइ तथा गैरइसाइले पनि विभिन्न परिकारका मीठा मीठा खाना खाने तथा साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँछन् ।
पोप ग्रगोरीले जुलियन पात्रोअनुसारको सनई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।
विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।
२०७४ पुस १७ गते प्रकाशित