Sat. Jul 5th, 2025

अमेरिकाको कोलोराडोमा भएको आक्रमणमा एक प्रहरीको मृत्यु, चार घाइते

१७ पुस,  धादिङ –

अमेरिकाको कोलोराडोमा भएको आक्रमणमा एकजना प्रहरी अधिकारीको ज्यान गएको छ । अरु चार प्रहरी घाइते भएका छन् । डेनवरको दक्षिणी क्षेत्र हाइल्याण्डस रान्चमा रहेको अपार्टमेन्टमा धन्धाधुन्ध गोली प्रहार भएको हो । घटनामा दुईजना सर्वसाधारण नागरिक पनि घाइते भएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् । अपार्टमेन्टमा दुई पुरुष रुममेटबिच झगडा भएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी आएको र घटनाले गोलीकाण्डको रुप लिएको हो । प्रहरीलाई लक्षित गरी अपार्टमेन्टमा बस्ने आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए । गोली लागेर एक प्रहरी अधिकारीको निधन भयो भने अरु चार प्रहरी घाइते भए । यस्तै गोली चलाउनेका छिमेकी दुईजना पनि घाइते भएका छन् ।

आक्रमणकारीको प्रहरीको कारवाहीमा ज्यान गएको छ । अमेरिकामा गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । सन् २०१७ मा मात्रै अमेरिकामा बन्दुककै कारण १५ हजार मानिसको ज्यान गएको छ । यस्तै अमेरिकामा विभिन्न हतियार प्रयोग गरेर २२ हजार जनाले आत्महत्या गरेका छन् ।

२०७४ पुस १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: