Fri. Jul 4th, 2025

काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

१७ पुस,  काठमाडौँ –

काठमाडौंको लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान लैनचौरमा बा ९० प १४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकको पेटिमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने २५ वर्षका साजन ठकुरीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जीतकारले तीव्र गतिमा चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको बताए । दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

२०७४ पुस १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: