
१८ पुस, धादिङ –
धादिङको गंगाजमुना गाउँपालिका – ७ बुढाथुममा ट्याक्टर पल्टिदाँ दुई जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।
गोरखाको आरुघाटबाट बालुवा लिएर बुढाथुम जाँदै गरेको रु ३ त ८७९९ ट्याक्टर सोमबार राती सडकबाट २५ मिटर तल पल्टिएको थियो ।
मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना ६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएका सरोज परियारको आरुघाटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
२०७४ पुस १८ गते प्रकाशित