Fri. Jul 4th, 2025

अनेरास्ववियुको विरोध प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास


१८ पुस,  काठमाडौँ –

पेट्रोलियम पदार्थको मुल्य वृद्दि र प्रतिनिधिसभाको समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्न निर्वाचन आयोगले ढिलाई गरेको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सरकारलाई दबाब दिनका लागि अनेरास्ववियु केन्द्रीय कमिटिले राजधानीको रत्नपार्कमा निकालेको शव यात्रा सहितको जुलुसमा प्रहरीले २ सेल अश्रु ग्यास प्रहार गरेको हो ।

प्रहरी र विद्यार्थीबीच झडप भएपछि विद्यार्थीलाई तितरवितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो । सरकारले हिजोमात्र पेट्रोलियन पदार्थ र खाना पकाउने ग्यासमा मूल्यबृद्धि गर्ने निर्णय गरेको थियो ।

२०७४ पुस १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: