Fri. Jul 4th, 2025

९ किलो ३ सय ग्राम चरेस सहित १ जना पक्राउ


१९ पुस,  धादिङ – 

थानकोट प्रहरीले ९ किलो ३ सय ग्राम चरेस सहित १ जना यात्रुलाई पक्राउ गरेको छ । लुकार्इ छिपाइ लैजान लागेको चरेस सुराकीका आधारमा पक्राउ गरेको हो ।

धादिङबेसीबाट काठमाडौ जाँदै गरेको ग्रामीण यातायात को बा ४ ख ७३८० नम्बर को बस खानतलासी गर्ने क्रममा उक्त परिणामको चरेस भेटिएको हो ।

पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ १ निबासी देबिलाल तामाङ रहेको थानकोटका प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए ।

२०७४ पुस १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: