Fri. Jul 4th, 2025

मुल्यवृद्धि फिर्ताको माग गर्दै आयल निगमलाई ज्ञापनपत्र

फोटो पहिलोपोष्टबाट

२० पुस, काठमाडौँ

वाम गठबन्धनका युवा र विद्यार्धी संगठनले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग गर्दै नेपाल आयल निगमलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको छ।

युवा संघका अध्यक्ष राजीव पहारी, अनेरास्वियुकी अध्यक्ष नवीना लामा, वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङलगायत बिहिबार बिहान बबरमहलस्थित आयल निगम पुगी ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा हालै सरकाले गरेको मुल्यवृद्धि अवैज्ञानिक रहेको र जनताको चुलोचौकोमा प्रहार भएको उल्लेख गर्दै युवा र विद्यार्थी आन्दोलनरत रहेको जनाएको छ।

यसैगरी उनीहरुले पूर्व सहमति अनुरुप विद्यार्थीलई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने निर्णय अविलम्ब कार्यान्वयन गर्न माग गरेका छन्।

२०७४ पुस २० गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: