Fri. Jul 4th, 2025

नेपाल रेडक्रसलाई चिनको सहयोग

२० पुस, काठमाडौँ

 

नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले केन्द्रीय गोदामघर निर्माण गर्न आर्थिक एवं प्राविधिक सहयोग गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा गोदामघर निर्माण गर्ने भएपछि रेडक्रस सोसाइटी चीनले रु १३ करोड सहयोग गर्ने भएको हो ।

चीन रेडक्रसका उपाध्यक्ष हाइजिङले नेपाल रेडक्रसलाई गोदाम घर निर्माणका साथै अन्य क्षेत्रमा पनि सहयोग जारी रहने बताएका छन् ।

आगामी दुई वर्षभित्र गोदामघरको निर्माण सम्पन्न हुने सोसाइटीका मानवीय तथा सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।

२०७४ पुस २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: