Fri. Jul 4th, 2025

डिभिजन टूका लागि प्रारम्भिक नेपाली राष्ट्रिय टोलीको घोषणा

२० पुस, काठमाडौँ

 

माघ महिनामा हुने आइसिसी विश्व क्रिक्रेट लिग च्याम्पियनशिप डिभिजन टूका लागि प्रारम्भिक नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

आइसिसीका प्रतिनिधि एमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनौट समितिले २१ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रारम्भिक टोलीमा युवा खेलाडीहरुलाई प्राथमिकता दिइएको छ ।

अनुभवी विनोद भण्डारी, सागर पुनलाई टोलीमा समेटिएको छैन् । टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, शक्ति गौचन, बसन्त रेग्मी, करण केसी र सन्दिप लामिछाने छन् ।

यस्तै आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, दिलिपनाथ, दिपेश श्रेष्ठ, किशोर महतो, ललित भण्डारी, ललित राजवंशी, रसिद खान, सिद्धान्त लोहनी, सुनिल धमला र शुशन भारी पनि टोलीमा समेटिएका छन् ।

बन्द प्रशिक्षणपछि अन्तिम टोली घोषणा गरिने नेपाली क्रिकेट टिमका प्राविधिक प्रमुख रमन शिवाकोटीले जानकारी दिए ।

२०७४ पुुस २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: