Fri. Jul 4th, 2025

पत्रकारले दिए धादिङका सांसदलाई कलम र डायरी (भिडियो सहित)

२० पुस, धादिङ –

सधै अरुको सुखदुखका कुरा डायरी उतार्ने पत्रकारले निर्वाचित सांसदलाई पनि अब बन्ने कानुन पत्रकारको कुरा समाबेश गरिदिन भन्दै कलम र डायरी दिएका छन् । सुशासन, समृद्धि र मिडियामैत्री कानुन निर्माणका लागि डायरी र कलम उपहार दिएका हुन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको सभाहलमा विहिबार आयोजित कार्यक्रममा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित छ जना सांसद्हरुलाई बधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै महासचिव विष्टले मुलुकमा अहिले प्रशस्त ऐन नियम ड्राफ्ट हुने क्रममा छ, अब बन्ने कानुनसंविधानले व्यवस्था गरे अनुरुप प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण गर्ने आग्रह गरे ।

‘वर्षौदेखि अर्काको नेता र जनताका कुरा लेखिरहेका छौँ’ सबै पत्रकारको नेतृत्व गर्दै महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले भने, ‘अब हाम्रा कुरा लेखिदिनुस् ।’ भोट माग्न जाँदा जनताले सुनाएका पीडा टिपेर दिएको आश्वासन पूरा गरेर देखाउनु निर्वाचित सांसदहरुलाई आग्रह गरे ।

यसैबीच विहिबार नै जिल्ला समन्वय समिति र नीलकण्ठ नगरपालिकाले पनि सांसदलाई सम्मान गरेको छ ।

भिडियो

https://www.youtube.com/watch?v=n8r40chPli0

२०७४ पुस २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: