
२१ पुस, धादिङ –
धादिङमा शुक्रबारबाट चलचित्र ‘राज्जा रानी’ प्रदर्शनमा आएको छ । जिल्लामा रहेको एक मात्र ओमशान्ति चलचित्र मन्दिर धादिङबेसीमा प्रदर्शनमा आएको हो ।
फिल्ममा पश्चिम तराईको एक जनजाति समुदायको कथा समेटिएको छ । फिल्म, मधेसको लवज निकट रहेको निर्माण युनिटले बताएको छ ।
आर्यन फिल्मसको ब्यानरमा रमेश एमके पौडेलको प्रतुतीमा ‘ ‘राज्जारानी’ मैथिली भाषामा पनि देशभर एकै दिन प्रदर्शन भएको छ ।
यम थापाद्वारा निर्देशित यस फिल्ममा नाजिर र कामेश्वरसँगै केकी अधिकारी, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय देख्न सकिने छ ।
फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वाँरको नृत्य निर्देशन रहेको छ ।
२०७४ पुस २१ गते प्रकाशित