Sat. Jul 27th, 2024

छोरा निजी स्कुल, छोरीलाई सरकारीमा

school_20150316080532

काठमाडौ –  विद्यालय भर्ना हुनेमा छात्रभन्दा छात्रा बढी छन् । यसपालि एसएलसी दिनेमा पनि छात्राकै संख्या बढी छ । यो यथार्थ जति उत्साहजनक छ, अर्कातिर छोरा र छोरीबीच विभेदचाहिँ निराशाजनक छ । छोरालाई महँगो शुल्क तिरेर निजी स्कुलमा पढाउने अभिभावकले छोरीलाई भने सरकारी विद्यालयमा पढाउने सरकारी तथ्यांकले देखाउँछ ।

२०६६ मा निजीमा ५ लाख ६४ हजार छात्रा पढ्ने गरेकामा छात्र ७ लाख ३० हजार थिए । त्यही वर्ष सरकारीमा ३० लाख ९१ हजार छोरी पढ्दै गरेका थिए भने छोरा २९ लाख ९२ हजार मात्र थिए । २०७० मा आइपुग्दा निजीमा छात्राको संख्या ५ वर्षअघिको भन्दा घटेर ४ लाख ९० हजारमा झरेको छ । जबकि छात्रको संख्या ६ लाख ४१ भएको छ । सरकारीमा भने ३१ लाख १९ हजार छात्रा र २८ लाख ७५ हजार छात्र थिए । शिक्षा विभागको पाँच वर्षको तथ्यांकले छोरा र छोरीमा प्रस्ट भेदभाव देखाउँछ ।

शिक्षामा छोराभन्दा छोरीको संख्या बढेकै हो, शिक्षाविद् प्रमोद भट्टले भने, तर छोरालाई निजी र छोरीलाई सरकारीमा पढाउने अवस्था कायमै छ । विभेद घरबाटै भइरहेको छ । समाजशास्त्री सुरेश कोइरालाको बुझाइमा सामाजिक संंरचनामा छोरी अर्काको घर जाने भन्दै सामान्य विद्यालयमा पठाउने चलन कायम छ । छोराले पाल्छ भन्ने मान्यता छ । त्यसैले उसलाई गतिलो शिक्षा दिने गरिन्छ । कतिपय ठाउँमा त छोरीलाई सन्तानका रूपमै लिइँदैन, उनले भने, सामाजिक संरचनाले छोरालाई महत्त्व दिएपछि त्यसको असर शिक्षामा पनि पर्दो रहेछ । छोराले आफ्नो वंश धान्ने ठानेर उसलाई कसरी दक्ष बनाउने भन्ने परिवारको लक्ष्य हुने गरेको उहाँले बताउनुभयो । छोराछोरीको विभेद हटाउने जतिसुकै नारा लगाए पनि चेतना र धार्मिक मूल्यमान्यतामा असर गरेको उहाँले बताउनुभयो । छोरीलाई बाहिर पढ्न पठाउन डराउँछन्, उनले भने, ऋण गरेर भए पनि छोरालाई पढाउँछन् । छोरामा गरेको लगानी फिर्ता हुन्छ भन्ने सोचाइ छ । शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल पारिवारिक सोचाइमा खास सुधार नभएको स्वीकार्छन् ।

विगतको भन्दा प्रगति भइरहेको छ, उनले भने, तर दूरी घट्नुपर्नेमा निरन्तर बढिरहेको छ । अंक तलमाथि भए पनि अवस्था उस्तै छ । भट्टले गाउँमा पनि निजी विद्यालय खुलेपछि छोराछोरी विभेद बढेको बताउनुभयो । छोरीलाई पढाऔं भन्ने चेतनाचाहिँ बढेको छ । तर सरकारीमा भए पनि हुन्छ भन्ने छ, उहाँले भन्नुभयो । सहरमा भने छोरालाई महँगो शुल्क लिने, नाम चलेको बोर्डिङमा र छोरीलाई न्यून शुल्क लिने बोर्डिङमा पढाएर विभेद भएको कोइरालाले बताउनुभयो । शिक्षासेवी गीता खरेलले ुछोराछोरी बराबरीु भने पनि छोराप्रति सोच्ने दृष्टिकोण पुरानै रहेको बताउनुभयो । छोरीलाई अर्काको घर जाने हो भन्दै सरकारी विद्यालयमा पढाउँछन्,ु सामुदायिक विद्यालयकी प्रधानाध्यापक खरेलले भनिन्, नेतृत्व लिने तहमा छोरी कम भएकाले राम्रो स्कुलमा पढाए पनि काम लाग्दैन भन्ने सोचाइ छ ।
इकान्तिपुर अनलाइनबाट

About The Author

Loading...

अन्य समाचारहरु: