Fri. Jul 4th, 2025

धादिङमा चिसोले कठ्यांग्रिएर एकको मृत्यु , देशभर चिसो बढ्दो

२२ पुष , धादिङ

अत्यधिक जाडोका कारण कठ्यांग्रिएर धादिङमा एक जना चेपाङ्गको मृत्यु भएको छ ।

 वेनीघाट रोराङ्ग–३, पांगरजीप बस्ने २५ वर्षीय प्रेमवहादुर चेपाङ्गको अत्यधिक जाडोका कारण गएराती मृत्यु भएको हो । न्यानो लुगा अभावमा कठ्यांग्रिएर सातायता सप्तरी र रौतहटमा ९ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, उच्च हिमाली भेगमा हिमपात भइरहेको विभिन्न जिल्लाबाट हाम्रा सहकर्मीहरुले जनाएका छन् । काठमाडौं उपत्यका आज विहान ५ बजेर ४५ मिनेटमा यो बर्षकै सबैभन्दा कम १ डिग्रि सेल्सियस तापक्रम मापन गरिएको छ । चिसो बढ्दै गएपछि त्यससँग सम्बन्धित बिरामीको संख्या समेत बढ्दै गएको अस्पतालहरुले जनाएका छन् ।

 जाडोयाममा हृदयघात र मष्तिस्कघात, रुघाखोकी र निमोनियाको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् । विशेषज्ञका अनुसार जाडोयाममा शरीरको तापक्रम ३४/३५ डिग्रीभन्दा कम भए हातखुट्टा चिसो हुनुका साथै श्वासप्रश्वासमा समस्या हुन्छ । जसकाकारण मुटुको चालमा वृद्धि हुनुका साथै रक्तचाप कम हुने र मृत्युसम्म हुनसक्ने चिकित्सक बताउँछन् ।

    २०७४ पुष २२ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: