
२३ पुस, धादिङ –
धादिङको वेनीघाट रोराङ गाउँपालिका –९ हुग्दिखोलामा आइतबार दिउँसो सवारी दुर्घटना हुदाँ तीन जना घाईते भएका छन् ।
काठमाडौँबाट चितवन जाँदै गरेको ना ५ द ४३८९ नम्बरको ट्रक र काठमाडौँ जाँदै गरेको पर्यटक बोकेको बा १ प ७४३ नम्बरको बस चितवन जाँदै गरेको बा ४ ख ५०४२ नम्बरको माईक्रोमा ठोक्किएको थियो ।
दुर्घटनामा घाईते भएकाहरुको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
२०७४ पुस २३ गते प्रकाशित