Fri. Jul 4th, 2025

धादिङमा रहेको ओम र नमस्ते ग्यास उद्योग सिल

फाइल फोटो

२३ पुस,  धादिङ –

राजमार्गमा संचालित ओम र नमस्ते ग्याँस उद्योग सिल गरेको छ । आइतवार गुणस्तर तथा नापतौल विभागको टोलीले धादिङको राजमार्ग क्षेत्रमा संचालित ग्याँस उद्योगको अनुगमनका क्रममा आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइएपछि दुई ग्यास उद्योग सिल गरेको हो ।

फाइल फोटो

थाक्रे गाउँपालिकामा रहेको ओम ग्यास उद्योग प्रालि र गल्छी गाउँपािलकाको बैरेनीमा सञ्चालित नमस्ते ग्यास उद्योग प्रालिमा सिल गरेको विभागका केमिकल इन्जिनियर मनिष कर्णले जानकारी दिए ।

उनका अनुसार दुईवटै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात र लिखित जवाफसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमनको क्रममा ओम ग्यास उद्योग प्रालिले एलपीजी सिलिण्डरको ‘टेर वेट’ परिक्षण नगरेको पाइएको थियो ।

हरेक १० वर्षमा सिलिण्डरको हाइड्रोस्टेटिक परिक्षण गर्नुपर्ने भए पनि त्यसो नगरी पुरानै सिलिण्डरमा नयाँ पेन्ट गरेर बजारमा पठाएको विभागले जनाएको छ त्यस्तै, नमस्ते ग्यास उद्योग प्रालिले पनि भल्भ मर्मत नगरेको तथा गुणस्तर र तापतौलका मापदण्ड पूरा नगरेको पाइएको थियो ।

 

२०७४ पुस २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: