

२४ पुष, धादिङ
स्थानीय तह सञ्चालन कार्य्विधि तथा विपद जोखिम न्यूनिकरण विषयक कार्यशाला गोष्ठि धादिङको बैरेनीमा सम्पन्न भएको छ ।
स्थानिय तहमा भएको स्थानिय तह सञ्चालनको अधिकार तथा विपद् जाखिम न्यूनिकरण तथा व्यवस्थानको क्षेत्रमा स्थानिय तहको भुमिकाका विषयमा गरिएको तिनदिने गोष्ठि सम्पन्न भएको हो ।
कार्यशालामा धादिङ जिल्लाका २ वटै नगरपालिकाका मेयर, उपमेयर र ११ वटै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति धादिङ तथा जिल्ला विपद व्यवस्थापन समितिको आयोजना र अक्सफाम, केयर, जिआईजेड, आड्रा नेपाल सहयात्री समाज, ग्रामीण आपसी विकासको सहकार्यमा कार्यशाला सम्पन्न भएको थियो ।
शुक्रबार विहान एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरिएको थियो । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको कार्यशालाको उद्घाटन प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट निर्वा्चित सांसद भूमि प्रसाद त्रिपाठीले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले संविधानमा उल्लेख भएको स्थानिय तहको अधिकार तथाविपद् जोखिम न्यूनिकरण तथाव्यवस्थान ऐन २०७४ माउल्लेख भएको स्थानियतहको काम कर्तव्य र अधिकारको विषयमा प्रष्ट पारेका थिए ।
३ दिनसम्म सञ्चालन भएको कार्यशालामा स्थानीय तह सञ्चालनको कार्यविधिको खाका तय गर्ने र स्थानीय तह सञ्चालन कार्य्विधिका विविध विषयमा छलफल भएको थियो । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनको क्षेत्रमा अब के गर्ने भन्ने विषयलाई वुदागत घोषणा पत्र तयार पारी सबैको हस्ताक्षर गरेका थिए ।
यसैगरी कार्यशालामा विपद जोखिम न्यूनिकरण गर्ने सवालमा पनि स्थानीय तहको भूमिका र जिम्मेवारीका विषयमा छलफल गरीएको अक्सफाम धादिङका विपत् जोखीम न्युनिकरण कार्यक्रम अधिकृतअन्जना शर्माले जानकारी दिईन् । गोष्ठिमा रामचन्द्र न्यौपाने, स्थानिय विकास मन्त्रालयका अमर दिप सुनुवार, केयर नेपालका केशव भट्ट, , जिल्ला प्रशासन कार्यालयका राम मणि मिश्र, प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले प्रशिक्षण गराएका थिए ।
२०७४ पुष २४ गते प्रकाशित