Fri. Jul 4th, 2025

पुस २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा

 

२५ पुस, धादिङ–
सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत यही पुस १४ गते जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचनामा सो कुरा जनाइएको छ । सो दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ ।

विसं २०६२ सम्म सो दिन सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६३ देखि अघिल्लो सालसम्म सो बिदा कटौती गरिएको थियो ।
२०७४ पुस २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: