२५ पुष, काठमान्डौँ
नवलपरासीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना गम्भीर घाईते भएका छन् ।
रामग्राम नगरपालिका १२ जमुवाडमा ट्रक र माईक्रोबस ठोक्किएर भएको दुर्घटनामा रामग्राम २ परासीका ३५ बर्षिय अरविन्द ठाकुर र रामग्राम ५ का २६ बर्षिय जितेन्द्र कुमार पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाईते ६ जना मध्ये ५ जनाको उपचार भुमहीमा भइरहेको छ । गम्भीर घाईते १ जनालाई थप उपचारका लागि रुपन्देहीको क्रिम्सन अस्पताल लगिएको छ । परासीबाट भुमही आउँदै गरेको लु १ ख ९२३६ नम्बरको माइक्रो बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
२०७४ पुष , २५ गते प्रकाशित