
२६ पुस, काठमाडौं
दक्षिणी क्यालिफोर्नियामा भारी वर्षापछि भएको भूस्खलनका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
१६३ जनालाई अस्पताल भर्ना गरिएको छ । झण्डै ३०० मानिस रोमेरो क्यानयनमा फसेका छन् ।
प्रहरीका अनुसार त्यो क्षेत्रको दृश्य विश्वयुद्धको एक युद्ध मैदान जस्तो देखिएको छ ।
क्यालिफोर्नियाको जंगलमा झण्डै एक महिना अघि मात्र भिषण आगलागी भएको थियो, भारी वर्षा भएपछि पानीले डढेका काठका ठुटा स्वहोरेर ल्याएको छ र झण्डै साना कारहरु जत्रा ढुंगा सडकमा खसेका छन् र सडक अवरुद्ध भएको छ ।
२०७४ पुष २६ गते प्रकाशित