
२८ पुस, काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका नासुलाई २ लाख ३४ हजार रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ ।
आयोगको टोलीले शुक्रवार विभागका नासु०खगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकमसहित नियन्त्रणमा लिएको हो । टोलीले कार्यालयका नासु गौतमलाई काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको हो ।
२०७४ पुस २८ गते प्रकाशित