
२९ पुस, काठमाडौँ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
गोरखाको च्याङ्गली घर भएका विज्ञान नेपाली र पाल्पाको साटिने घर भएका गुणबहादुर सारुलाई लुकाइछिपाइ ल्याएको २ सय ६५ ग्राम सुनको चार थान बालासहित प्रहरीले पक्राउ गरेको हो ।
विदेशबाट आउने व्यक्तिले बढीमा ५० ग्रामसम्मको सुनका गरगहना मात्रै आफ्नो साथमा ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ । दोहाबाट काठमाडौँ आएका उनीहरुका साथमा रहेको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले बरामद गरेको हो ।
२०७४ पुस २९ गते प्रकाशित