Fri. Jul 4th, 2025

नारायणगढ–मुग्लिन सडक आजदेखि चौविसै घण्टा खुल्ने


३० पुस, चितवन –

रातको समयमा दैनिक ६ घण्टा बन्द हुँदै आएको मुग्लिन–नारायणगढ सडक आईतबारबाट ४ दिन सम्म २४ सै घण्टा खुल्ला रहने भएको छ।

माघे सङ्क्रान्ति (माघी) लाई मध्यनजर गर्दै आजबाट माघ २ गतेसम्म ४ दिनको लागि २४ सै घण्टा खुल्ला गर्ने निर्णय गरेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।

४ दिन अर्थात माघ २ गतेपछि फेरि राती १० देखि बिहान चार बजेसम्म सो सडक बन्द हुनेछ।

आयोजनाले पुस १८ देखि दैनिक ६ घण्टा बन्द गर्दै आएको थियो ।

२०७४ पुस ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: