

१ माघ, धादिङ –
धादिङ –काठमाडौँ डिलक्स बस संचालनमा आएको छ । ग्रामीण यातयात सहकारी संस्था लिं र धादिङ यातयात व्यवसायी संस्थाद्धारा डिलक्स संचालनमा आएको हो ।
सोमबार पहिलो दिन धादिङबाट बा ५ ख २८४ नम्बरको बस काठमाडौ पठाएको छ । प्रत्येक दिन बिहान बिहान ६ः २५ बजे र बेलुका ४ः १० बजे डिलक्स बस धादिङबाट छुट्ने ग्रामीण यातयात सहकारी संस्था लि. ले जानकारी दिएको छ ।
डिलक्स बसमा सीटहरु फराकिलो र बस्न आरामदायी हुने संस्थाका व्यवस्थापक बद्री अधिकारीले जानकारी दिए । वाइफाई, फोहोर फ्याक्ने डस्वीनको सुविधा रहेको अधिकारीको भनाई छ ।
हालसम्म ग्रामीण यातयात सहकारी संस्था लि. ले जिल्लाभर ६५ वटा बस संचालन गरिरहेको छ । डिलक्स बसमा सीट संख्याभन्दा बढी यात्रु नबोक्ने संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए ।
२०७४ माघ १ गते प्रकाशित